लागू औषध व्युरोद्धारा कारागारका कैदी बन्दीलाई लागू औषध सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । लागू औषध व्युरोको आयोजनामा डिल्लीबजार कारागारका कैदी बन्दीहरुलाई लागू औषध सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
व्यरोका प्रमुख गोविन्द थपलियाको उपस्थीतिमा आज कारागारमा बन्दीहरुलाई सचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो ।
कारगार कार्यालय डिल्ली बजारमा रहेका अं. २३० जना कैदी बन्दीहरूलाई लागु औषध बिरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको ब्यूरोले जनाएको छ । उक्त कारागारमा हाल १०४ जना लागु औषध सम्बन्धित कैदी बन्दीहरु रहेका छन् । सबै कारागारमा रहेका लागु औषध सम्बन्धी कैदी बन्दीहरुको अभिलेख तयार गरी उनीहरुबाट भविष्यमा हुन सक्ने लागु औषध सम्बन्धि आपराधिक गतिविधीहरु समेतलाई सुक्ष्म रुपमा निग्रानीमा राख्न शुरु गरिएको व्युरोद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
कारागारमा रहेका कैदी बन्दिहरु समेतबाट बाहिर रहेका आफन्त तथा साथि भाईहरु मार्फत लागु औषधको अवैध कारोवारमा संलग्न भएको देखिएकोले यस्तो प्रकारको कारोवार भबिष्यमा हुन नदिन कारागार कार्यालयहरुमा रहेका कैदी बन्दीहरुलाई सचेत गराई निग्रानी गर्न कार्यक्रम आयोजना गरिएको व्युरोद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्