वात्सल्य नेचुरल आईभीएफद्धारा स्वास्थ्य मन्त्रालयलाईनै चुनौति, किन एक्सनमा गएन मन्त्रालय ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ जेष्ठ २०८१, शनिबार
4 Min Read
Aa

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत नलिई सञ्चालनमा रहेका वात्सल्य नेचुरल आईभीएफका शाखाहरु बन्द गर्न पत्राचार गरे पनि वात्सल्यले अटेर गर्दै आइरहेको छ।

मन्त्रालयले पत्रको वेवास्ता गर्दै स्वीकृत बेगर चलेका शाखाहरुलाई कानुन अनुसार जिल्ला प्रशासनको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाउनेदेखि त्यस्ता शाखामा गएर काम गर्ने चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिल मार्फत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।मन्त्रालयले जेठ ८ गते पत्र पठाउँदै इजाजतपत्र नलिई सञ्चालनमा रहेका वात्सल्यका शाखालाई कानुनी प्रक्रिया पूरा गर्न नभए कारबाही गर्न भनेको थियो। तर वात्सल्यले उक्त पत्रको वेवास्ता गर्दै मन्त्रालयलाई चुनौती दिएको छ।वात्सल्यले मन्त्रालयको पत्रलाई हटेर गर्दै मन्त्रालयबाट सञ्चालन स्वीकृत नै नलिएको नेपालगन्जस्थित अवैध क्लिनिकमा निसन्तान दम्पतिका लागि भन्दै शिविर सञ्चालन गरेको छ। वात्सल्यले स्वीकृत नै नलिई चलाएको नेपालगन्ज शाखामा बिहीबार र शुक्रबार शिविर राखेपछि मन्त्रालयले थप कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो।

मन्त्रालयले उक्त क्लिनिकलाई गृह प्रशासन र स्थानीय तहको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाउने र स्वीकृत बेगर चलेको शाखामा गएर काम गर्ने चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिल मार्फत कारबाही अगाडि बढाउन लागेको हो। नेपालगन्ज शाखामा बिहीबार र शुक्रबार डा अस्मिता पाण्डेले सेवा दिइरहेको वात्सल्यले जनाएको छ। डा पाण्डेले यसअघि स्वीकृत बेगर चलेको चितवन र बुटवलको शाखामा पनि काम गरेकी थिइन्। यस्तै डा दीप्ती दासले स्वीकृत बेगर चलेको बुटवल शाखामा काम गरेको जानकारी मन्त्रालयले प्राप्त गरेको छ।मन्त्रालयले चिकित्सकको नाममा अवैध क्लिनिकमा पुगेर काम गर्ने चिकित्सकमाथि के कस्तो कारबाही गर्ने हो भन्ने विवरणसहितको पत्र काउन्सिलमा पठाउने विषयमा छलफल अगाडि बढाएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।’कानुनी प्रक्रियामा आउन भनेर वात्सल्यलाई पत्र काटेका थियौं,’ मन्त्रालयका ती कर्मचारीले भने, ‘तर मन्त्रालयको पत्रलाई नै चुनौती दिँदै उहाँहरु अगाडि बढेको देखियो। अब मन्त्रालयले थप कारबाही प्रक्रिया अगाडि बढाउँछ।’मन्त्रालयले एक स्थानका लागि इजाजतपत्र लिएर अन्य स्थानमा शाखा विस्तार गरेको भन्दै सञ्चारमाध्यममा समाचारहरु आइरहेको विषयमा ध्यानाकर्षण गराउँदै वात्सल्यलाई जेठ ८ गते पत्र काटेको हो।स्वास्थ्यखबरले वैशाख ३० गते आइतबार ‘गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो। मन्त्रालयले उक्त समाचार प्रकाशित भएको एक सातापछि सचिवस्तरीय निर्णय गर्दै वात्सल्यलाई पत्र काट्दै कानुन अनुसार कारबाही हुने जानकारी दिएको हो।’एक स्थानका लागि सञ्चालन इजाजतपत्र प्राप्त गरेका आईभीएफ सेन्टरहरुले अन्य स्थानमा शाखा स्थापना गरी सेवा सञ्चालन गरेको भनी समाचारहरु आइरहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै स्वास्थ्य संस्थाले थप सेवा विस्तार गर्न वा शाखा स्थापना गर्न चाहेमा मापदण्ड बमोजिम प्रक्रिया पुर्या्ई अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७७ मा रहेकाले सोही बमोजिम गर्नु गराउनु हुन अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा यस मन्त्रालयको निर्णयअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

वात्सल्यले काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ। तर जनस्वास्थ्य सेवा नियमावली र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड विपरित वात्सल्यले धमाधम शाखा विस्तार गरिरहेको छ।वात्सल्यले कानुनलाई चुनौती दिँदै भक्तपुर, चितवन, नेपागन्ज, बुटवल र ललितपुरमा शाखा विस्तार गरेको छ।आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिने र नियमन गर्ने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय वात्सल्यले यसरी शाखा विस्तार गर्न नमिल्ने बताउँछन्। उनले कानुन अनुसार काम गर्न भन्दै वात्सल्यलाई पत्र पठाइएको बताए।वात्सल्यका कार्यकारी निर्देशक सुवेदी भने कानुनलाई चुनौती दिँदै निकट भविष्यमै बुटवल, पोखरा, विराटनगर जस्ता स्थानमा पनि सेवा विस्तार गर्ने योजना रहेको बताउँदै हिँडिरहेका छन्।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array