‘सहकारीको संस्थागत पुनर्सम्रचनाले मात्रै समस्या हल हुन्छ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ जेष्ठ २०८१, शनिबार
3 Min Read
Aa

धनन्जय बुढा
ललितपुर । वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनर्सम्रचना गर्नुपर्ने वक्ताहरुले सुझाएका छन् । शुक्रबार सहकारी केन्द्र नेपालले ललितपुरमा आयोजना गरेको ‘सहकारी अभियान,संकटका कारण र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्ने वक्तहरुले कानुनी तथा नीतिगत अस्पष्टताका कारण संकटग्रस्त भएकोसमेत जिकिर गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का सचिब लीलामणी पोख्रेलले कार्यपत्र सार्बजनिक गर्दै सहकारी क्षेत्रलाई लयमा ल्याउन संस्थागत पुर्नसम्रचनाको विकल्प नरहेको बताएका छन् । पार्टी सहकारी विभाग इन्चार्जसमेत रहेका पोख्रेलले सहकारी ऐनलाई संशोधन गरि ४७ भन्दाबढी ऐन बनाउन बाँकी रहेको बताउँदै भने,“कानुन फितलो हुनुको परिणाम सहकारीमा खुलेआम लुट मच्चिएको छ, अझ भनौं कर्मचारीले घुष लिएर सेटिङमा यो क्षेत्र ध्वस्त पारेका छन् ।”
नेकपा एमालेका नेता तथा सहकारी विभाग इन्चार्ज खगराज अधिकारीले पोख्रेलको स्थानिय तहमा रहेका सहकारीहरुमा मात्रै समस्या भन्दा पनि केन्द्रीय संघहरुमै समस्या रहेको बताए । तलदेखि माथिसम्म तादाम्यता नमिल्नु पनि समस्याको मुख्य कारण भएको बताउँदै भने,“हाम्रोमा नियम मिच्नेमा केन्द्रीय सहकारी संघ नै अग्र भागमा छन्, त्यति मात्रै हैन सहकारीहरुले एकले अर्कालाई सहयोग हैन, खुट्टा कसरी तान्ने भन्ने प्रवृत्ति हावी छ ।” गण्डकी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले ऋण लिने अनि नतिर्नेहरुलाई कड भन्दा कडा दण्ड सजायको व्यवस्था गर्नु पर्ने बताएका छन् ।

सो कार्यक्रममा नेपाली काँग्रेसका नेता देबेन्द्रराज काँडेलले समय अभावकोे कारण उपस्थिति हुननसके पनि सहकारी सुद्धीकरण अभियानमा आफू र आफ्नो पार्टीको एकेबद्दता रहेको सन्देश पठाएका थिए । राष्ट्रि सहकारी विकास बोर्ड सह–अध्यक्ष मित्रराज दवाडी,राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्ल,राष्ट्रिय सहकारी महासंघ निवर्तमान अध्यक्ष मिनराज कंडेल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल केन्द्रीय कृषि सहकारी संघका खेम बहादुर पाठक, नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई नेपाल केन्द्रीय जडिबुटी सहकारी संघका उपाध्यक्ष अज बहादुर शाही, नेपाल केन्द्रीय पशपन्छी तथा मत्स्या सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले सहकारीको मर्म र महत्वलाई नै समाप्त पार्ने गरि सहकारी क्षेत्रमा विकृति र विसंगति हावि भएको बताएका छन् ।
पोख्रलको कार्य पत्रमाथि टिप्पाँणी गर्दै काशीराज दाहाल र ऋषीराज घिमिरेले समाजवादी बाटोमा अगडी बढ्न र देशलाई सफल बनाउने सहकारी क्षेत्रलाई बचाउन सरकारले उचित कदम चाल्नु पर्ने बताएका छन् ।
आयोजक सहकारी केन्द्र नेपालकी अध्यक्ष पार्वती थापाले अध्यक्षता गरेको सो कार्यक्रमलाई महासचिव इश्वरी प्रसाद पाण्डेले सञ्चालन गरेका थिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array