नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौ, नेपाल गल्फ संघ र तरूण सरदेशाई गल्फ (टिएसजी) एकेडेमीबीच राष्ट्रिय गल्फ खेलाडीको विशेष प्रशिक्षणको लागि सम्झौता भएको छ । नेपाल गल्फ संघका अध्यक्ष टासी घले र टिएसजी एकेडेमीका संस्थापक तथा निर्देशक तरूण सरदेशाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल गल्फ संघले बैंगलोरमा रहेको टिएसजी एकेडेमीमा राष्ट्रिय पुरुष, महिला र जुनियर खेलाडीहरूलाई पठाउने छ । एकेडेमीले विशेष सहुलियतमा नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सन् २०२६ मा हुने २० औं एसियन गेम्सको तयारीलाई मध्यनजर गर्दै एकेडेमीसँग सम्झौता गरेको बताए । गत संस्करण चीनको ह्वाङझाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षणको जिम्मेवारी तरूण सरदेशाईलाई दिइएको थियो । सो एसियन गेम्सको तयारी पनि यही एकेडेमीमा गरिएको थियो । पछिल्लो समय नेपाली गल्फरहरू सुबाश तामाङ र सदभाव आचार्यले लामो समय यही एकेडेमीमा प्रशिक्षण लिएका थिए । प्रोफेसनल गल्फ टुर अफ इण्डिया पिजीटीआईमा सहभागी भईरहेका सुबाश अहिले पनि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array