धनगढी, धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पुन पार्किङमा फर्काइएको छ । काठमाडौंबाट धनगढी उड्ने तयारी गरेको एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस जहाजमा प्राविधिक समस्याको संकेत आएपछि पुनः पार्किङ वेमा फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको जनाइएको छ । विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।
काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो


प्रतिक्रिया दिनुहोस्