काठमाण्डौं । जेष्ठ २० । तारकेश्वर नगरपालिकाको नगर शिक्षा शाखाको आयोजनामा दुई दिने पाठ्यपुस्तक प्रवोधिकरण कार्यक्रम सम्पनन भएको छ ।
नगरपालिकाको सभाहल धर्मस्थलीमा जेष्ठ १८ र १९ गते आधारभूत तह (कक्षा १–५) को लागि २ दिने पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम सम्पन्न भयो । दुई दिन सम्म चलेको कार्यक्रमको नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले समापन गर्नुभयो ।
उदघाटन कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल तथा नगर शिक्षा अधिकारी वीर बहादुर खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा प्रशिक्षण विज्ञ ज्ञानेन्द्र वन, शिक्षा शाखामा कार्यरत कर्मचारी तथा २२ वटै सामुदायिक विद्यालयको आधारभूत तह(कक्षा १–५) मा कार्यरत शिक्षकको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदघाटन गदै उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्रशिक्षण कार्यक्रम उपलव्धी मुलक रुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गदै कार्यक्रमले तारकेश्वरको शिक्षा क्षेत्रका विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।




fg


प्रतिक्रिया दिनुहोस्