गुल्मीमा जिप दुर्घटनामा एकजनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

गुल्मी, गुल्मीमा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिका वडानम्बर–८ भार्से  निवासी ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो । सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर– ४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफैँ अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा आठ सवार थिए ।

घाइते सातमध्ये चारजनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताउनुभयो । घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको छ । दुर्घटनामा परी घाइते हुनेमा २९ वर्षीय केशव राना, ३७ वर्षीया रीता छन्तेल, चार वर्षीया ईरिसा छन्तेल, २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल, २३ वर्षीय मेख बराल घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे उद्धार अनुसन्धानका लागि पूर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक  घनश्याम रिमालको कमाण्डमा पाँच जनाको टोली खटिएको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्