खेप र राष्ट्रिय खेल संघको क्यालेन्डर सार्वजनिक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१÷०८२ को क्यालेन्डर मंगलबार सार्वजनिक गरेका छन् । राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेभसाइटमा पनि राखिएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यन्वयन भएकोमा खुशी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सारोकारवाला सबैलाई धन्यवाद दिए । राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनैपनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउदै कार्यन्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औल्याए । सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसंगै राखेपले पूर्वाधारको विवरण पनि सार्वनजिक गर्ने बताउनु हुँदै क्रमैसंग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताउनु भयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array