स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

भक्तपुर, सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्‍व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array