तारकेश्वर नगरपालिकाका ८ हजार बालबालिकाहरुलाई पोलियो विरुद्ध आईपीभी खोप लगाइयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम सम्पन्न भएको छ ।
यहि जेठ १३ देखि सञ्चालन भएको खोप हिजो २४ गते सम्पन्न भएको हो ।
नेपालमा कोरोना महामारी लगायतका बिभिन्न कारणले २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बच्चाहरुलाई पोलियो विरुद्धको आई.पि.भि खोप लगाउन सकिएको थिएन् । उक्त अवधीमा आई.पि.भि खोप लगाउन छुटेका बालबालिकाहरुलाई यस पटक सरकारले देशव्यापी रुपमा खोप लगाउन लगाएको हो । २०७५ असोज पछाडी जन्मीएका बालबालिकाहरुलाई सरकारले नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाँउदै आएको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिकाका भित्र बसोबास गर्ने ८ हजार ५ सय बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइएको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले जानकारी दिनुभयो । शाहले तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुका ५५ खोप केन्द्रबाट बालबालिकाहरुलाई खोप लगाइएको बताउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array