अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं,  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय २७ मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-३ बस्ने २८ वर्षीय दल बहादुर आले मगर र लेटाङ नगरपालिका-१ बस्ने २० वर्षीय बिशाल राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-५ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २३ वर्षीय सन्देश थारू र सोही नगरपालिका-२ बस्ने २५ वर्षीय राम चरण थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्