काठमाण्डौं । जेष्ठ २६ । तारकेश्वर नगरपालिकाको आयोजनामा र सचेतना नागरिक संस्था–नेपालको सहकार्यमा एक दिवसीय करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा जेष्ठ २६ गते टुसाल मल्टी भेन्युमा कार्यक्रम सम्पन्न भएको हो ।
नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालको सभापतित्वमा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा न. ३ का वडा अध्यक्ष परशुराम अर्याल, आन्तरिक राजश्व कर कार्यालय बालजुका कर अधिकृत हेमन्त फुयाल , कर अधिकृत रवि शाह, उधोग तथा बाणिज्य कार्यालयका उधोग अधिकृत रामचन्द्र दाहाल, तारकेश्वर नगरपालिकाका शाखा अधिकृत सागर अर्याल, नगरपालिकाका कर्मचारी, करदाता सेवाग्राही र पत्रकारहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले करको दर घटाउने र दायरा बढाउने अभियानले तारकेश्वर नगरपालिकामा राजश्व बढेको बताँउदै नगरपालिकाको विकासमा स्थानीय करको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक तथा उधोग तथा बाणिज्य कार्यालयका उधोग अधिकृत रामचन्द्र दाहाल ले औधोगिक प्रवर्दन कानुनः दर्ता, नविकरण र खारेजी सम्बन्धी प्रस्तुतीकरण दिनुभयो । यसैगरी आन्तरिक राजश्व कर कार्यालय बालजुका कर अधिकृत हेमन्त फुयालले करदाता शिक्षा र तरकेश्वर नगरपालिकाका राजस्व शाखा प्रमुख सागर अर्यालले स्थानिय कर सम्बन्धी प्रस्तुतिकरण दिनुभयो ।
कार्यक्रमको समापन गदै नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले करदाता शिक्षा हरेक नागरिकको लागि आवश्यक रहेको बताँउदै यस्ता कार्यक्रम निरन्तर चलिरहनुपर्ने बताउनुभयो ।

c


प्रतिक्रिया दिनुहोस्