मनमैजु स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न, वडा अध्यक्ष श्याम सापकोटा सहित २१ जना रक्तदाताले गरे रक्तदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ जेष्ठ २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जेष्ठ २९ । तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा तारकेश्वर नगरपालिका वडा नं ८ स्थीत मनमैजु स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहान ११ बजे देखि ३ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटा सहित २१ जनाले रक्तदान गरेको तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुवरले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, तारकेश्वर नगरस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, वडा सदस्य एवं तारकेश्वर नगरपालिकाको अनुगमन समिति सदस्य महालक्ष्मी काफ्ले र मनमैजु स्वास्थ्य चौकीको प्रमुख धर्मशिलाा घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रक्तदान कार्यक्रममा तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, नगर स्वास्थय शाखाका भरत पाण्डे, वडाका जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेवीकाहरु लगायतको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुवरले छोटो सुचनाको आधारमा उल्लेख्य मात्रामा उपस्थीती जनाएर रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गरेकोमा जनप्रतिनिधिहरु, रक्तदाताहरु, महिला स्वयमसेवीकाहरु, विद्यालयका प्रधानाध्यापकहरु, टोल सुधार समिति पदाधीकारीहरु, क्लब तथा समुहहरु र स्थानीयवासीहरु लगायतलाई सक्रिय सहभागीताको लागि धन्यवात दिनुभयो । रगतको अभाब नहोस भन्नका लागि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा नगरपालिकाका बिभिन्न वडाहरुमा रक्तदान कार्यक्रम गदै आइरहेको छ ।
नगर स्वास्थ्य शाखाको आयोजनामा तारकेश्वरका वडा नं २,४, १०, ११ र ८ मा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त वडाहरुमा यस बर्ष मात्र ३२१ पिन्ट रगत संकलन भएको कुंवरले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको पहलमा गत बर्ष तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता पछि तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुले नेपाल रेडक्रस सोसाइटीको ब्लड बैक बाट रगत लिंदामा कुनै शुल्क तिनुपदैन् । रेडक्रसले सबै बिरामीहरुलाई निशुल्क रगत उपलव्ध गराएपनि रगतको क्रसम्याच लगायतको लागि भने शुल्क लिने गरेको छ । तारकेश्वर नगरपालिकासंगको सम्झौता पछि रेडक्रसले तारकेश्वर नगरपालिकाका स्थायीबासी नागरिकहरुले उपचारका लागि रगत लिंदामा शुल्क भने लिने छैन् ।

May be an image of 5 people, hospital and text

ghfh

May be an image of 4 people and text

May be an image of 3 people, people studying and text

May be an image of 5 people and text

May be an image of 7 people, hospital and text

dfdf

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array