गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार दुई मन्त्रीले लिए शपथ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रबहादुर पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार क्याबिनेट विस्तार गर्दै उनले दुई मन्त्री थप गरेका हुन् । नवनियुक्त मन्त्रीद्वय फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले शपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख कृष्णप्रसाद धितालले उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच मंगलबार शपथ ग्रहण गराएका हुन्।

देवकाटोले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए भने मनाङेले कित्ता फेर्दै पाण्डेलाई मत दिएका थिए । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको रुपमा शपथ ग्रहण गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया–हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले विश्वासको मत दिएबापत मन्त्री पद उपहार पाएका छन् । मनाङे भने ६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पु¥याउँदै आएका छन् । यसअघि पनि उनलाई मुख्यमन्त्री पाण्डेले नै मन्त्री नियुक्त गरेका थिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array