प्युठानका विभिन्न ठाउहरुमा चोरी गर्ने व्यक्ति कारागार चलान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० जेष्ठ २०८१, बुधबार
2 Min Read
Aa

प्युठान, जिल्ला प्युठान झिमरुक गाउँपालिका वडा नं. १ बस्ने  बर्ष २४ को सन्तोष वि.क. ले निम्न स्थानहरुमा विभिन्न मितिमा चोरी गरेको हुँदा पक्राउ गरी आवश्यक अनुसन्धान पश्‍चात सम्मानित प्युठान जिल्ला अदालत प्युठानबाट निज प्रतिवादी सन्तोष वि.क.लाई पुर्पक्षको लागि कारागार कार्यालय प्युठानमा पठाईएको ।

निम्नः-

  • मिति २०८१।०२।०१ गते दिउँसो अं. १६:०० बजेको समयमा जिल्ला प्युठान झिमरुक गाउँपालिका वडा नं. १ बस्ने पुना कुमारी पोखरेलको घरभित्र प्रवेश गरी बाकसको ताला सरिया(फलाम) ले फुटाई बाकसमा रहेको नगद रु.१८,०००/-(अठार हजार) चोरी गरेको ।
  • मिति २०८१।०२।०४ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला प्युठान झिमरुक गाउँपालिका वडा नं.६ कुटिचौर बस्ने लिलाधर श्रेष्ठको घरभित्र चार्जमा राखेको ITEL कम्पनीको मोबाईल थान-१ चोरी गरेको ।
  • मिति २०८१।०२।०४ गते बिहान अं.११:०० बजेको समयमा जिल्ला प्युठान प्युठान नगरपालिका वडा नं. ९ बस्ने सुन्तली बि.क.को घरको ढोकाको ताला फोडी घरभित्र प्रवेश गरी बाकसको ताल्चा समेत फोडी बाकसमा रहेको नगद रु.२०,०००/-(विस हजार) र सुनको जन्तर चोरी गरेको ।

 

स्वर्गद्वारी मन्दीरको भेटी चोर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा :-२

  • मिति २०८१।०२।२७ गते साँझको अं.१९:०० बजेको समयमा भारत देश जिल्ला मोतिहारी ढाँका थाना हरुहनी पुर्वी चम्पारण बस्ने बर्ष २५ को आनन्द कुमारले जिल्ला प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं. २ स्थित स्वर्गद्वारी मन्दिरको परिसरमा रहेको गुफा (गुप्ती सार) मा दर्शनार्थीले चढाएको दान भेटी (रुपैंया) नगद चोरी गरेको घटना सम्बन्धमा उक्त घटनामा पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ।
सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्