विद्यालय खेलकुद नेपाली खेलकुदमा नयाँ इतिहास हो : सदस्य–सचिव घिसिङ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं ,  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू–१५ विद्यालयक खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन् । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यू–१५ विद्यालय खेलकुदको थालनी गरिएकोमा यो मानक बन्ने बताए ।
‘नेपाली खेलकुदमा पहिलो पटक १५ वर्षमुनीमा विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ । आ–आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यहाँहरुको नाम इतिहासमा लेखिसकेको छ, सदस्य– सचिव घिसिङले भने, ‘हामीले खेलकुदको विकासको लागि ग्रासरुट अर्थात विद्यालय स्तरका प्रतियोगितालाई गर्ने भनेको दशकौँ भइसकेको छ । के हामीले यसको सधैँ परिभाषा मात्र गरिरहेका छौँ? यसलाई कार्यान्वयन गर्न आफैँले जवाफ खोज्ने बेला भएको छ । यसैको तयारी र कोसिस स्वरुप आज य–ू१५ राष्ट्रिय खेलकुदको थालनी भएको छ ।’
सदस्य–सचिव घिसिङले यू–१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको बताए । ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाढि बढाउँदै नयाँ प्रतिभाहरुलाई अवसर दिनुपर्छ । त्यसैले यो खेलको आफ्नै महत्व छ । यसको उदेश्य ठूलो छ ।’
सदस्य–सचिव घिसिङले नेपाली खेलकुदमा यू–१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने बताए । ‘विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थहीरुका लागि हामीले यस पटकदेखि विश्वविद्यालय खेलकुद आरम्भ गरौँ । राष्ट्रपति रनिङ शिल्ड पनि सञ्चालन भइरहेको छ । त्यसैको शृंखलाबद्ध प्रतियोगिता स्वरुप यू–१५ विद्यालयक खेलकुद सुरुआत गरेका छौँ । यसलाई पिरामिड शैलीमा गर्दै जानेछौँ ।’
यसलाई भविष्यमा अझ व्यापक रुपमा आयोजना गर्ने सदस्य सचिव घिसिङले बताए ।
‘विद्यालयबाटै भविष्यका स्टार जन्माउनुपर्छ । बालबालिकालाई खेलकुदको बारेमा बुझाउनुपर्छ भनेर हामी पहिलो पटक य–ू१५ विद्यालय खेलकुदको थालनी गरेका छौँ, सदस्य–सचिव घिसिङले भने, ‘यसलाई भविष्यमा निरन्तरता दिँदै अझै बृहत रुपमा आयोजना गर्दै जानेछौँ ।’

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array