१५ औं नगरसभाको पुर्वसन्ध्यामा तारकेश्वर नगरपालिकाले भोली योजना तर्जुमा सम्बन्धी सुझाब संकलन कार्यक्रम आयोजना गदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ असार २०८१, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जेष्ठ ३२ । १५ औं नगरसभाको पुर्वसन्ध्यामा तारकेश्वर नगरपालिकाले भोली असार १ गते नगरवासीहरुसंग योजना तर्जुमा सम्बन्धी सुझाब माग्ने कार्यक्रम आयोजना गरेको छ ।
धर्मस्थली स्थीत नगरपालिकाको नयाँ भबनमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो । योजना तर्जुमा सम्बन्धी सुझाब संकलन कार्यक्रममा नगरवासी राजनैतिक दल, बिभिन्न पेशा व्यवसाय गर्ने व्यक्तित्वहरु, समाजसेवी, पत्रकार सहित नगरवासीहरुलाई आमन्त्रण गरिएको छ ।
नगरपालिकाको १५ औं नगरसभा यहि असार ७ गते हुंदैछ । नगरसभामा जनताका सुझाबहरुलाई समेटदै नगरपालिकाको हितमा उपयुक्त योजना र कार्यक्रमहरु छनौट गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको नगरप्रमुख महर्जनले बताउनुभयो । योजना तर्जुमा सम्बन्धी सुझाब संकलन कार्यक्रममा उपस्थीत भएर सुझाब संकलनमा सहयोग गरिदिन तारकेश्वर नगरपालिकाले नगरवासीहरुमा अनुरोध गरेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array