रबिन थपलिया । काठमाण्डौं । असार १ । १५ औं नगरसभाको पुर्वसन्ध्यामा तारकेश्वर नगरपालिकाले आ.व. २०८१÷८२ को योजना तर्जुमा, जनप्रतिनिधिहरुको नगरबासी प्रति उतरदायित्व तथा राजनीतिक दलसँग सुझाव संकलन बिषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ ।
असार १ गते शनिबार बिहान ११ बजे नगरपालिकाको नयाँ भवनको सभाहलमा नगर प्रमुख कृष्ण हरि महर्जन ज्यूको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोबिन्द पोखरेलले योजना तर्जुमा सम्बन्धी विशेष प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य शिशिर खनालले अहिलेको लाभलाई मात्र नहेरेर नयाँ पुस्ताको भबिश्यलाई हेरेर बजेट निर्माण गर्नु सुझाब दिनुभयो । उहाँले नगरबासीको हितमा नगरपालिकासंग सहकार्य गरेर अगाडी बढन तयार रहेको समेत बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जनले जनता र राजनैतिकदलहरुबाट प्राप्त रचनात्मक सुझाबले नगरपालिकाको बजेट निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तारकेश्वरमा आगामी आर्थिक बर्षलाई पानी बर्षको रुपमा घोषणा गरेर नगरपालिकाले धेरै बजेट पानीमा लगानी गर्न लागिएको बताउनुभयो ।

तारकेश्वरको समृद्धि र विकासमा नगरपालिका टिम लागिपरेको बताँउदै नगरप्रमुख महर्जनले जनप्रतिनिधिहरुलाई हतोत्साहीत हुनेगरी आधारहीन समाचार लेखेर जनतालाई भ्रमीत नपार्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले राजनैतिक पुर्वाग्रही भएर समाचार नलेख्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो । तारकेश्वर नगरपालिकाका कोहि जनप्रतिनिधिसंग चित्त नबुझेकै आधारमा समग्र नगरपालिकालाईनै दोष लाउनु गलत रहेको बताँउदै आधारहीन समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले तारकेश्वरका नगर अध्यक्ष बासु गौतम, माओबादी केन्द्र तारकेश्वरका संयोजक जगन्नाथ राजबाहकले तारकेश्वरको मुख्य समस्याको रुपमा रहेको खानेपानीलाई प्राथमीकतामा राखेर जनमुखी बजेट निर्माण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख शान्ति पाण्डे ,११ वटै वडाका वडा अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त, नगर शिक्षा अधिकारी वीर बहादुर खड्का, कार्यपालिका सदस्य , नगरसभा सदस्य, पुर्व सहसचिव केदार बोगटी, सशस्त्र प्रहरी बल बालाजुका प्रमुख डम्मर राना, पुर्व वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थीत राजनैतिक दलका नेता, पत्रकार र उपस्थीत स्थानीयले नगरपालिकाको आ.व. २०८१÷८२ को नीति तथा कार्यक्रमको लागि सुझाव दिनुभयो ।
कार्यक्रममा वडा १ का वडा अध्यक्ष बिदुर सापकोटाले स्वागत मन्तब्य मन्तव्य राख्नुभएको थियो भने नगर कार्यपालिकाका प्रबक्ता तथा वडा २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

bhgh


प्रतिक्रिया दिनुहोस्