अपेन तारकेश्वरको आयोजनामा रणनीतिक कक्षा कोठा व्यवस्थापन र अटिजममा ब्यवहारको अभ्यास बारेको कार्यशाला सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ असार २०८१, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जेष्ठ २९ । प्रि–प्राइमरी स्कुलहरुको एशोसिएसन (अपेन) तारकेश्वरको आयोजनामा शनिबार कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा नेपालटारमा शनिबार रणनीतिक कक्षा कोठा व्यवस्थापन र अटिजममा ब्यवहारको अभ्यास बिषयक कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्याशालालाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अटिजम भएका बालबालीकाहरुका लागि शिक्षा र हेरचाह निकै महंगो रहेको बताँउदै अटिजम भएका बालबालीकाहरुलाई शिक्षा दिनका लागि अविभावक र नगरपालिकाको सहकार्यमा अटिजम स्कुल सञ्चालन गर्न गइरहेको बताउनुभयो ।

May be an image of 5 people, dais and text
अटिजमको समस्या समाजमा चुनौतिको रुपमा खडा भएको बताँउदै उपप्रमुख अर्यालले अपेनले यस्तो महत्वपुर्ण बिषयमा कार्यशाला गर्न लागेकोमा धन्यवात दिनुभयो ।
अपांगता भएका नागरिकहरुका बिषयमा नगरपालिका गम्भीर रहेको बताँउदै उपप्रमुख अर्यालले तारकेश्वर नगरपालिकामा जटिल खालका अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर अपांगता परिचयपत्र बितरण गर्न थालिएको बताउनुभयो ।

May be an image of 1 person and text
अपेन तारकेश्वरकी अध्यक्ष रेखा शाही हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अपेनका केन्द्रीय उपाध्यक्षद्धय एवं फोनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टरकी सञ्चालक रिता घिमिरे, र सौगात मन्टेश्वरीका प्रधानाध्यापक तथा प्रि–ओलम्पीक कमिसनका अध्यक्ष राज्य लक्ष्मी बैदार, अपेन तारकेश्वरकी बरिष्ठ उपाध्यक्ष शोभा काफ्ले, उपाध्यक्ष सोफि दाहाल, सचिब रबिना भट्ट, सह–सचिब निर्मला सिलवाल, कोषाध्यक्ष सिता खड्का र सदस्यहरु रोशनी श्रेष्ठ, रसिदा मियाँ र बिष्णु शेर्मा लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बिगत लामो समय देखि अटिजम विशेष स्कुल तथा पूनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष एवं अन्तराष्ट्रिय साहसी महिला पुरस्कार २०२३द्धारा सम्मानीत सबिता उप्रेतीले अटिजमका बारेमा सहभागी शिक्षक÷शिक्षिकाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण तथा कार्याशालामा तारकेश्वरका २५ विद्यालयका १५० शिक्षक÷शिक्षिकाहरुको उपस्थीति रहेको थियो ।

May be an image of 5 people, dais and text

May be an image of 12 people, dais and text

ghgh

May be an image of 7 people and text

May be an image of 1 person and text that says 'AUTISM & Present Status and Practices in Nepal autism Ms Sabita Upreti- Social Activist/ Activist/Int.Trainer Trainer Founder/President/ /President /CED Founder Special School for Disabled and Rehabilitation Center(SSDRC) SSDRC) Autism Awareness SSDRC SSDRC'

May be an image of 9 people, table, dais and text

May be an image of 5 people, table, dais and text

dfdf

प्रतिक्रिया दिनुहोस्

Array