पाल्पामा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ असार २०८१, आईतवार
1 Min Read
Aa

पाल्पा, पाल्पामा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । होराइजन डेन्टल रामपुर अस्पताल सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्कने क्रममा बा. १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते हुनेमा रामपुर–५, का २१ वर्षीय डोल्मा खण्डाल, सोही स्थानकी २८ वर्षकी रचना राना, चालक ३० वर्षका मोहन अर्याल र ३४ वर्षका शङ्कर श्रेष्ठको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको छ । यस्तै रामपुर–५, पाल्पाकी अनिसा सिंह ठकुरी, ममता श्रेष्ठ, सविता राना, श्रृया रुचाल, दिपा हिस्कीमगरको अवस्था सामान्य रहेको छ । उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array