नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ असार २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Interim Security Force for Abyei (UNISFA) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) तेस्रो डफ्फाका ७७ जना शान्ति सैनिकहरू UN Chartered Flight मार्फत मिति २०८१ ज्येष्ठ ३२ गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।    यस्तै, उक्त मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फाका ६७ जना शान्ति सैनिकहरू आज मिति २०८१ आषाढ ०२ गते स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा १०६
जना शान्ति सैनिकहरू कार्यरत छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array