काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा फुटुङमा बेकरी तालिम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका लद्यु उद्यम विकास शाखाद्वारा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) को प्राविधिक सिप विकास तालिम शीर्षक अन्तर्गत वडा नं ७ का ५ जना प्रशिक्षार्थीहरूलाई २१ दिन अवधिको बेकरी सिप विकास तालिम असार २ गते सम्पन्न भएको हो ।
नगर उप– प्रमुख सृजना बुर्लाकोटी अर्यालले तालिम समापन गदै बेकरी तालिम स्वदेश तथा बिदेशमा निकै महत्वपुर्ण रहेको बताँउदै तालिम पुरा गरेपछि लगानी गरेर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्