काठमाडौं , यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणाली (Electronic Driving License- EDL ) प्रणाली लागु हुनुभन्दा अगाडि Driving License (DL) प्रणाली कार्यान्वयनमा रहेको, EDL (Electronic Driving License EDL) प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्रहरु Papercard विधि मार्फत् यातायात व्यवस्था कार्यालयले EDL (Electronic Driving License- EDL) प्रणालीमा ईन्ट्रि गरि सवारीचालक अनुमतिपत्रहरु वितरण गर्ने व्यवस्था रहेकोमा यसरी Papercard विधि मार्फत् यातायात व्यवस्था कार्यालयहरुले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु समेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरु ईन्ट्रि गरि सोका आधारमा गैह्र कानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाईएको हुँदा सो कार्यमा संलग्न तपशिलका कर्मचारीहरुलाई पक्राउ गरी सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट दिन ५ म्याद लिई लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भईरहेको छ ।
नक्कली सवारीचालक अनुमतिपत्र जारी गर्ने कार्यमा संलग्न कर्मचारी पक्राउ


प्रतिक्रिया दिनुहोस्