काठमाडौँ । वरामद भएको ६० के.जि.अबैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत अवैध सुनको भुक्तानी USDT वाट दिने मानिसहरुको खोजतलास गर्ने क्रममा का.जि. का.म.पा. वडा नं.०६ मा डेरा गरी वस्ने चिनिया नागरिक सेराप भन्ने व्यक्तिहरु अवैध सुन र USDT को कारोवारमा संलग्न रहेको प्रमाणको आधारमा यस व्युरोवाट खटिएको टोलीले मिति २०८१/०३/०२ गते का.जि का.म.न.पा. वडा नं. ६ बौद्ध तिनचुली चारघरे स्थित डेरा गरी बस्ने बर्ष ३७ को आफुलाई चिनिया नागरिक बताउने शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई पक्राउ गरी निजको भाडा कोठामा रित पुर्वक खान तलासी गर्ने क्रममा अवैध सुन ६ थान र नगद रू. ४८ लाख समेत बरामद गरी थप अनुसन्धान भई रहेको ।
अवैध सुन र नगद सहित मानिस पक्राउ


प्रतिक्रिया दिनुहोस्