काठमाण्डौं । असार ३ । तारकेश्वर नगरपालिका लद्यु उद्यम विकास शाखाद्वारा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) को प्राविधिक सिप विकास तालिम शीर्षक अन्तर्गत वडा नं १ का १० जना प्रशिक्षार्थीहरूलाई २१ दिन अवधिको बारिष्टा सिप विकास तालिम सम्पन्न भएको छ ।
तारकेश्वर नगर उप–प्रमुख श्री सृजना बुर्लाकोटी अर्यालले एक कार्यक्रमका बिच तालिमको समापन गर्नुभयो । सो अवसरमा उपप्रमुख अर्यालले सिकेका सिमलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।
उक्त समापन कार्यक्रममा वडा १ का अध्यक्ष बिदुर सापकोटा, आलेप शाखा निर्मला शर्मा, प्रशासन प्रमुख रचना शर्मा पन्थी, लघु उधम बिकासका कर्मचारी रामहरी न्यौपाने, प्रशिक्षक र प्रशिक्षार्थीको उपस्थितिमा सबै प्रशिक्षार्थीलाई उप–प्रमुख ज्युले प्रमाणपत्र वितरण गर्नुभयो ।
तारकेश्वर १ मा बारिष्ठ सिप तालिम सम्पन्न


प्रतिक्रिया दिनुहोस्