प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरुले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।सांसदहरुले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने भन्दै संसद् सचिवालयका कर्मचारीहरूलाई पनि निजामती कर्मचारी सरह नियमानुसार अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सांसदहरुले वर्षाका कारण देशका विभिन्न स्थानमा मकै बालीमा पुगेको क्षतिको अनुगमन गरी क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने, बाढीको क्षतिले आवतजावत अवरुद्ध भएका सडकहरू सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी सांसदहरुले तराइका जिल्लामा विभिन्न खोलाहरू बस्ती र खेतीयोग्य जमिनमा पस्ने समस्याको समयमै समाधान गर्नुपर्ने, सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array