भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै रकम असुल्ने चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै रकम असुल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेका हो ।

गोकर्णेश्वर नगरपालिकाभित्र गैह्र कानुनी रुपमा ‘बेथिति एवं भ्रष्टाचार विरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर विभिन्न वडाहरुमा त्यसका शाखाहरु समेत अवैध रुपमा विस्तार गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरुले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array