तारकेश्वर नगरपालिकाको १५ औं नगरसभा आज, २ अर्ब बढीको बजेट आउने, आगामी आ.व पानी बर्षको रुपमा मनाइने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ असार २०८१, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । असार ३ । तारकेश्वर नगरपालिकाको १५ औं नगरसभा आज हुंदैछ ।
तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आज विहान ११ बजे नगरसभा गर्न लागिएको हो । नयाँ भबन बनेपछि तारकेश्वरले आज पहिलो पटक सो भबनबाट नगरसभा गदैछ ।
नगरसभाले आ.व २०८१/०८२ लाई खानेपानीको बर्षको रुपमा घोषणा गरेर बजेटको ठुलो हिस्सा पानीमा खर्च गर्ने गरि निर्णय गर्नेछ । खानेपानीको लागि १७ देखि २० करोड रकम बिनियोजन गरिने नगरप्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब १४ करोडको बजेट बिनियोजन गर्नेछ । यस बर्ष मुख्य पानीको लागि १७ देखि २० करोड, शिक्षाका लागि करिब १० करोड, स्वास्थ्यको लागि करिब ५ करोड बजेट बिनियोजन हुनेछ ।
तारकेश्वरमा बिगत लामो समय देखि खानेपानीको समस्या रहंदै आएकोमा नगरप्रमुख कृष्ण हरि महर्जनले पहिलो एजेण्डाको रुपमा एक घर, एक पानी सहितको धारा अभियान सुरु गर्नुभएको थियो । सुरुका बर्षहरुमा तारकेश्वरका जिर्ण सडकहरुको स्तरोन्नती, भौतिक संरचनाको निर्माण र पुर्वाधारमा नगरपालिकाले बजेट खर्च गदै आएको भएपनी आगामी बर्षलाई खानेपानीको बर्षको रुपमा विशेष बजेट बिनियोजन गरेर नगरपालिकाको ११ वटै वडाहरुमा खानेपानीका लागि बिभिन्न योजनाहरु सञ्चालन गर्न लागेको हो । नगरवासीहरुलाई मेलम्चीको पानी खुवाउनका लागि यही चालु आ.व मा तारकेश्वर नगरपालिकाले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडलाई २ करोड ९० लाख रकम बिनियोजन गरेर तारकेश्वरका बिभिन्न वडाहरुमा पाइपलाईन बिस्तार, पम्पहरु जडान लगायतका कामहरु भइरहेका छन् । त्यस्तै वडा नं २ मा सिएफआरडीसंगको सहकार्यमा केहि दिन अघि थुम्कीमा १ सय घर धुरीमा मुहानको पानी बितरण सम्पन्न भएको छ । त्यस्तै वडा नं ४ र ५ मा ४५ सय घर धुरीलाई पनी खुवाउने लक्ष्य सहित ४ करोडको खानेपानी आयोजनाको काम धमाधम सञ्चालन भइरहेको छ ।

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array