काठमाडौं । हिरानानि वाडेको जाहेरीले वादी नेपाल स़रकार प्रतिवादी जिल्ला भक्तपुर साविक मध्यपुर ठिमी न.पा. वडा नं.७ घर भई जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ पेप्सिकोला बस्ने कृष्ण भक्त वाडेको छोरा बर्ष ४१ को सुजित वाडे भएको बहुविवाह मुद्धामा (लगत नं.२२८३३) निज प्रतिवादी सुजित वाडेलाई १ बर्ष कैद र रु. ५,०००/- (पाच हजार मात्र) जरिवाना भराउने भनी मिति २०७४।०५।०४ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत काठमाण्डौंबाट फैसला भई फरार रहेका प्रतिवादी सुजित वाडेलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।०७ गतेको दिन अन्दाजी ११:०० बजेको समयमा जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ पेप्सिकोलाबाट पक्राउ गरी ऐ. मिति मा फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाईएको ।



प्रतिक्रिया दिनुहोस्