माननीय रक्षा मन्त्रीद्वारा उपत्यका पृतना हे.क्वा. को निरीक्षण भ्रमण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ असार २०८१, शनिबार
1 Min Read
Aa

 काठमाण्डौं । माननीय रक्षा मन्त्री श्री हरि प्रसाद उप्रेतीले नारायणहिटीस्थित उपत्यका पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँलाई पृतना हातामा प्रधान सेनापति महारथी श्री प्रभुराम शमाले स्वागत गर्नुभएको थियो ।

 माननीय रक्षा मन्त्रीलाई पृतनापति, उपरथी श्री विष्णु राउतले पृतनाको जिम्मेवारी लगायत विविध गतिविधिबारे जानकारी गराउनु भएको थियो । त्यस अवसरमा रक्षा मन्त्री श्री उप्रेतीले पृतना हाताको निरीक्षण गर्नुका साथै पृतना अन्तरगतका युनिटहरुले तयार गरेको विभिन्न प्रकारका अपरेसनल गतिविधि समेटिएका अभ्यासहरूको अवलोकन गर्नु भएको थियो । सो अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्दै नेपाली सेनाले देश तथा जनताको सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उच्च मनोबलका साथ अविचलित रूपमा समर्पित रहन निर्देशन दिनुभयो ।

  कार्यक्रममा रक्षा सचिव श्री किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका  पदाधिकारीहरू लगायत सकलदर्जाको उपस्थिति थियो ।

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array