प्रतिपक्षको भूमिका थप सशक्त हुन्छ : नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ असार २०८१, शनिबार
1 Min Read
Aa

नवलपरासी पश्चिम् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अहिले नेपाली काङ्ग्रेस प्रतिपक्षमा रहे पनि काङ्ग्रेसकै समेत आलोचना भइरहेको बताउनुभएको छ। यद्यपि प्रतिपक्षको भूमिका थप सशक्त हुने देउवाले बताउनुभयो। सभापति देउवाले संसदमा जनताका समस्यालाई संसदमा प्रभावकारी ढंगले प्रस्तुत गरिने उल्लेख गर्नुभयो । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका स्थित महेशपुरमा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलका पृथ्वीराज कँडेलका पिता स्वर्गीय पृथ्वीराज कँडेलको नामाङ्कन रहेको बसपार्कको उद्घाटन समारोहमा सभापति देउवाले भैरहवा विमानस्थल पुग्ने बाटो स्तरीकरणका लागि पहल गर्ने बताउनुभयो ।

पूर्व गृहराज्य मन्त्री एवं काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामाकरण गरिएको र अर्धकदको शालिक निमार्ण गरिएको हो । स्व कण्डेल २०१५ सालमा पाल्हिमाझ खण्ड पुर्वी निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । सभापति देउवाले कँडेलका पिता स्वर्गीय पृथ्वी राज कँडेलको अर्धकदको शालिक समेत अनावरण गर्नुभएको थियो ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्