“सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ “

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ असार २०८१, सोमबार
1 Min Read
Aa
काठमाडौं ।  प्रहरी प्रतिवेदनले वादी नेपाल स़रकार प्रतिवादी जिल्ला ललितपुर साविक लुभू गा. वि.स. वडा नं.४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं. ८ लुभू चसिडोल बस्ने कुमाल बहादुर राउतको छोरा बर्ष ३७ को विकास राउत भएको सरकारी छाप दस्तखत किर्ते मुद्धामा (लगत नं.८७००) निज प्रतिवादी विकास राउतलाई ५ महिना १५ दिन कैद र रु.२५।- (पच्चिस रुपैयाँ मात्र) जरिवाना भराउने भनी मिति २०६६।०९।२६ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत काठमाण्डौंबाट फैसला भई फरार रहेका प्रतिवादी विकास राउतलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।०९ गतेको दिन अन्दाजी १४:०० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ लुभू चसिडोलबाट पक्राउ गरी ऐ. मिति मा फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाईएको ।
May be an image of blueprint and text
Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array