तारकेश्वर १ मा मेडपा कार्यक्रमको बारेमा छलफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका, लद्यु उद्यम विकास शाखाद्वारा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)अन्तर्गत लद्यु उद्यमी र लद्यु वित्तिय संस्थाहरू बिच अन्तरक्रिया कार्यक्रम र बजार बजारीकरण तथा व्यावसायिक परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष विदुर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बैंक वालाजू शाखाका शाखा प्रमुख, राष्ट्रिय लद्यु उद्यमी महासंघका निवर्तमान महा सचिवको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता रामहरि न्यौपानेले गर्नु भएको थियो । वडा नं १ र ७ गरि ४० जनाको सहभागीता रहेको थियो ।

May be an image of 3 people and text

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्