रबिन थपलिया । काठमाण्डौं । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थीत एम.डि.एस कृषि तथा इन्जिनियरीङ केन्द्रले ५ दिन धान दिवस मनाउने भएको छ ।
केन्द्रमा असार १२ गते देखि १४ गते सम्म बिभिन्न विद्यालय तथा विद्यार्थीहरु, असार १५ गते तारकेश्वर नगरपालिकाको आयोजनामा धान दिवस विशेष कार्यक्रम चल्ने छ भने असार १६ गते बिभिन्न संघ, संस्था सहित बिम मालिका संघद्धारा धान दिवसको समापन गर्ने कार्यक्रम रहेको एम.डि.एस कृषि तथा इन्जिनियरीङ केन्दका अध्यक्ष राम बहादुर जुग्जालीले बताउनुभयो । असार १५ गते २१ औं राष्ट्रिय धान दिवसको अवसरमा नगरप्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा अध्यक्षहरु सहित ११ वटै वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायतको उपस्थीति रहने छ ।
धान दिवसको कार्यक्रममा सहभागीताका लागि रु १५० तथा रु २०० को टिकेट दर तोकिएको छ । रु २०० को टिकेट काटेर धानदिवसमा सहभागीहरुका लागि खाजा निशुल्क रहेको अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्