एसइई को नतिजा अन्तर्गत ग्रेड वृद्धि(मौका) परीक्षा यही साउन १८ र १९ गते हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ असार २०८१, बिहीबार
2 Min Read
Aa

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज प्रकाशन गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अन्तर्गत ग्रेड वृद्धि(मौका) परीक्षा यही साउन १८ र १९ गते सञ्चालन हुने भएको छ ।

नतिजा अनुसार दुई विषयमा  ननग्रेडिङ हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको सङ्ख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । उनीहरू साउन १८ र १९ गते हुने ग्रेड वृद्धि (मौका)परीक्षामा सहभागी हुन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

ग्रेड वृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेड वृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ग्रेडिङ प्राप्त गरेर कक्षा ११ मा  भर्ना हुन पाउने भएका छन् ।बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ ।

नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोर्‍याएर कक्षा १० मा पढ्नु पर्ने भएको हो । उनीहरूले आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ ।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array