काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु, ६२२ जनाको टोली परिचालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको हो । क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको डेङ्गु नियन्त्रण अभियानको फोकल पर्सन ऋषि भुषालले जानकारी दिए ।

उनका अनुसार उक्त अभियानमा ६४ जना स्वास्थ्यकर्मी र ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ भने ९ असारबाट सबै वडाका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानले गरिरहेको छ । यस्तै रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको उनले बताए ।

२४सै घण्टा हटलाइन

डेङ्गु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

tvannapurna

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array