तारकेश्वर नगरपालिका वडा नं १० मा साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ असार २०८१, शनिबार
5 Min Read
Aa

काठमाण्डौं । असार १५ । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तनका निम्ती सहकार्य नेपालद्धारा शुक्रबार साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी ब्याङक्वेटमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रहरीको साइबर व्युरोद्धारा साइबर अपराधका बिषयमा विशेष प्रस्तुती रहेको थियो । दुई सत्रमा चलेको कार्यक्रममा साइबर व्युरोका डि.एस.पी जनार्दन घिमिरे र इन्सपेक्टर देव वहादुर भण्डारीले सहभागीहरुलाई बढदो साइबर अपराधका घटना र त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले साइबर अपराधका घटनाहरु समाजमा चुनौतिको रुपमा देखा परीरहेको बताँउदै साइबर अपराध न्यूनिकरणका लागि सबैको साझा प्रयासको खाँचो रहेको बताउनुभयो ।
प्रविधिको विकाससंगै बजारमा रहने साइबरहरु अहिले मानिसको हातहातमा आएको बताँउदै वडा अध्यक्ष राईले प्रविधिको प्रयोगसंगै आउने साइबर अपराधका घटनाहरु रोक्न सबै इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो ।
साइबर अपराधका घटना रोक्नका लागि विद्यार्थीहरुलाई सचेतना जरुरी रहेको बताँउदै अध्यक्ष राईले विद्यार्थीले सिकेका ज्ञानबाट समाजमा समेत प्रभाव पर्ने भएकाले साइबर अपराधका बिषयमा उनिहरुलाई जानकारी गराउनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार गजुरेलले साइबर अपराधका घटनाहरु बालबालीकाहरुमा बढीरहेको बताँउदै उनिहरुलाई सचेतना गराउनु जरुरीरहेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी हरि सिटौलाले साइबर अपराधका बिषयमा बालबालीकाहरुलाई सचेत गराउने कार्यक्रम निकै महत्वपुर्ण रहेको बताँउदै बालबालीकाहरुलाई यस्तो बिषयमा समयमानै सचेत गराउन सकिएमा भविष्यमा अपराधका घटना रोक्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा परिवर्तनका निम्ती सहकार्य नेपालका अध्यक्ष रबिन थपलियाले साइबर अपराधका घटनाहरुबाट समाजलाई जोगाउन संस्थामार्फत सचेतनामुलक कार्यक्रमहरु आयोजना गरिरहेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का वडा सदस्य एवं कार्यपालिका सदस्य शान्ता थपलिया, कार्यपालिका सदस्य गिता परियार, वडासदस्य बाबुराम पौडेल, वडासदस्य रत्नमायाँ परियार, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य अनिता मण्डल, मानसिंह धर्म मा.विका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु राजु रानाभाट, जीव प्रसाद गजुरेल, मान बहादुर महर्जन, वडा नं १० का सचिब स्वस्तीका कार्की, एश्वर्यनगर सेवा समाजका अध्यक्ष देवराज गौली, शिवनगर टोल सुधार समितिका अध्यक्ष गृवाण केसी, बैद्धिक सनातन धर्म संरक्षण समाजका अध्यक्ष होमनाथ अधिकारी, समाजसेवीहरु श्री घले, बविता थापा, रिता राई वडा नं १० का कर्मचारीहरु सृजना महर्जन र शोभा राना लगायतको उपस्थीति रहेको थियो ।

अअअअअअअअअअअअअअअ

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array