नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ असार २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । सोमबार (भोलि) दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवा शनिबार साँझ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर छलफल गरेका थिए । त्यसपछि सत्ता गठबन्धन तलमाथि हुने टिप्पणी गरिँदै छ । देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भातृसंस्थानको आयुले भन्दा राजनीतिक विषयले बढी महत्त्व राख्ने अवस्था बनेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array