गुल्मीमा कभर्डहलको उद्घाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ असार २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभा हलको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे ।
२०८० साल पुस ५ गते निर्माण कार्य सुरु भएको कभर्डलको निर्माण कार्य २०८१ साल जेठ ५ गते सम्पन्न भएको थियो । कभर्डहल निर्माणका लागि गुल्मीका ८४ वर्षीय गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा निर्माणाधीन रुरु कभर्डहल उपभोक्ता समिति गठन गरिएको थियो । हलमा २ कोर्ट रहेको छ । जम्मा १ करोड २४ लाख लागतमा निर्माण सम्पन्न भएको कभर्डहलका लागि राखेपले ९० लाख रुपैयाँ सहयोग गरेको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array