सरकारले विभिन्न कालखण्डमा भएका ठूला भ्रष्टाचारका २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी : गृहमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । सरकारले विभिन्न कालखण्डमा भएका ठूला भ्रष्टाचारका २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी गरेको  छ । आजको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तरगत उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका घटनालाई राजनीतिक दाउपेचको शिकार हुन नदिन सरकार प्रतिबद्ध भएर लागि परेको पनि बताउनुभयो ।

बाहिर चर्चामा आएका भ्रष्टाचारका प्रत्येक प्रकरणका छानबिनका लागि राजनीतिक नेतृत्व तयार भई  अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान गर्ने हो भने मुलुकमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने गृहमन्त्री लामिछानेले बताउनुभयो ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्