तारकेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री बितरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ असार २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया ।  काठमाण्डौं । असार १७ । तारकेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने अपांगता भएकाहरुलाई सहायक सामग्री बितरण गरिएको छ ।
तारकेश्वर नगरपालिकाको नयाँ भबनमा आज आयोजीत कार्यक्रमका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटीले अपांगता भएकाहरुलाई सहायक सामग्री बितरण गर्नुभयो । नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाले केहि समय अगाडी तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने अपांगता भएकाहरुलाई सहायक सामग्री बितरणका लागि आवेदन माग गरेको थियो । शाखाको आवेदन बमोजिम ११ वटै वडाबाट सहायक सामग्री माग गरेका अपांगता भएकाहरुलाई आज नगरपालिकामा बोलाएर सहायक सामग्री बितरण गरिएको हो । नगरपालिकामा उपस्थीत भएका अपांगता भएका व्यक्ति तथा उनिहरुका परिवारलाई नगरप्रमुख र उपप्रमुखले सहायक सामग्री बितरण गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख कृष्ण हरि महर्जनले भौतिक अवरोधका कारण कार्यक्रम स्थलसम्म आइपुग्न नसकेका अपांगता भएकाहरुलाई घरमानै लगेर बाँकी सहायक सामग्रीहरु बितरण गर्न महिला बालबालिका तथा समाजकल्याण शाखालाई निर्देशन दिनुभयो ।
सहायक सामग्री पाएपछि अपांगता भएकाहरुले नगरपालिकालाई धन्यवात दिएका थिए । तारकेश्वर नगरपालिका वडा नं १ साङलाबाट सहायक सामग्री लिन आएका बिनोद मग्राती बैशाखी र सहायक सामग्री पाएपछि खुसी देखिए् । बैदेशीक रोजगारका क्रममा एउटा खुट्टा गुमाएका मग्रान्ती बैशाखीको सहारामा जीवन बिताइरहेका छन् । आफुले प्रयोग गदै आइरहेको बैशाखीले बर्षायाम पनि टिक्ने अवस्था नभएपछि बिनोद सहायक सामग्रीका लागि वडा कार्यालयमा आवेदन दिएका थिए । बिनोद जस्तै तारकेश्वरका एक दर्जन बढी अपांगता भएकाहरुले आज आफुले माग गरे अनुसारका सहायक सामग्रीहरु नगरपालिकाले उपलव्ध गराइदिएपछि निकै खुसी भएका थिए ।
तारकेश्वर नगपालिका भित्र स्थायी बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुका लागि नगरपालिकाले बिभिन्न कार्यक्रमहरु गदै आइरहेको छ । तारकेश्वर नगपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको निर्देशनमा गत बर्ष देखि कार्यालय सम्म आएर अपांगता परिचयपत्र लिन नसक्ने अपांगता भएका व्यक्तिहरुलाई घरघरमानै पुगेर परिचयपत्र बितरण गर्न थालिएको छ । परिचयपत्र लिनकै लागि तारकेश्वरको कुञ्चीप्वाकल देखि धाएर आउनुपर्ने अपांगता भएकाहरुलाई उपप्रमुखको उक्त कदमले राहत मिलेको अपांगता भएकाहरुको भनाई रहेको छ ।

No description available.
सो अवसरमा तारकेश्वर नगरपालिकाको महिला तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्र, शाखाकी महिला बिकास अधिकृत .. लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array