प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिई विश्वासको मत लिने निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘अहिलेसम्म एमालेले समर्थन फिर्ता लिएको छैन, एमालेले मन्त्री फिर्ता बोलाए अहिले नै राजीनामा दिँदैनौँ,’ पौडेलले भने । एमालेले भने आजै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने बताएको छ । विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array