ललितपुर, जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. २० मानभवन स्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नामको संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाईन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्ताहरुलाई हानी पुर्याई बचत कर्ताहरूको निक्षेप अपचलन गरी हाल सम्म रु. ७,१३,८६,०००।– (अक्षरुपि सात करोड तेह्र लाख छयासी हजार रुपैयाँ ) ठगी गरेको भनि जाहेरी प्राप्त भई मिति २०८०।१२।०७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान शुरु भएकोमा उक्त मिति देखि सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेकोमा यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०३।१७ गते बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उक्त सहकारीका अध्यक्ष समेत ३ जना संचालक तथा व्यवस्थापकहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाईएको ।




प्रतिक्रिया दिनुहोस्