तारकेश्वरलाई बालमैत्री नगरपालिका घोषणा गरिदै,जनप्रतिनिधि र कर्मचारीहरुलाई वालमैत्री स्थानीय शासन व्यवस्था सम्बन्धी तालिम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० असार २०८१, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । असार १८ । तारकेश्वर नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा मंगलबार जनप्रतिनिधि र कर्मचारीहरुलाई बालमैत्री स्थानीय शासन व्यवस्था सम्बन्धी कार्यक्रममा सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न सकारात्मक रहेको बताँउदै आगामी आर्थिक बर्ष देखि त्यसको प्रकृया सुरु हुने बताउनुभयो ।

May be an image of 7 people, dais and text
तारकेश्वर नगरपालिकाको १५ औं नगरसभाको नीति तथा कार्यक्रममा समेत तारकेश्वरलाई बालमैत्री नगरपालिका बनाउने उल्लेख भएको बताँउदै नगरप्रमुख महर्जनले बालमैत्री नगरपालिका बनाउनका लागि सबैले आ–आफ्नो ठाँउबाट इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो ।

May be an image of 1 person, flute, dais, temple and text
कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सामाजिक विकास विना भौतिक पुर्वाधार र सडक निर्माण गरेमात्र नगरपालिकाको विकास नहुने बताँउदँ सामाजिक रुपान्तरणका कार्यक्रममा नगरपालिकाले लगानी बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “पिच र बाटो ढलान गर्ने कुरा मात्र महत्वपुर्ण होइन, समाजलाई सु–संस्कृकित गर्नका लागि सामाजिक विकास जरुरी छ । समाज विकास हुन र सु–संस्कृत समाज निर्माणका लागि,शिक्षा, स्वास्थ्य र सामाजिक विकास लगायतका क्षेत्रमा काम गर्न जरुरी छ ”
पुर्वाधारको विकास हुने क्रम निरन्तर चलिरहने बताँउदै उपप्रमुख अर्यालले समाजमा देखिने खालको सामाजिक हितका एजेण्डालाई उठाएर अगाडी बढन नसकेमा जनतामा त्यसको प्रभाव नपर्ने बताउनुभयो ।

May be an image of 1 person, dais and text that says 'USHiL LTD. ULTIVENUE ULTIVENUEPVF.LTD PVr.'
कार्यक्रममा तारकेश्वर नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले तारकेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न सकिएमा धेरै किसिमको फाइदा लिन सकिने बताँउदै बालमैत्री नगरपालिका घोषणा गर्न बिलम्ब गर्न नहुने बताउनुभयो ।

May be an image of 1 person, dais and text
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक पर्ने पुर्वाधार र विषयवस्तुहरु नगरपालिकाले पुरा गर्न सहयोग गरेमा वडा नं ८ बाटै तारकेश्वरको पहिलो बालमैत्री वडा घोषणा गर्न तयार रहेको बताउनुभयो ।
नगरप्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका प्रशिक्षक आत्मराम थापाले बालमैत्री स्थानीय शासन स्थापना तथा दिगोपना र बालमैत्री व्यवहार र सोचका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

May be an image of 1 person, dais and text
प्रशिक्षण कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १,३,४,५,८ र ११ नम्बर वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, जनप्रतिनिधि, महिला तथा बालबालीका शाखाका प्रमुख प्रतिमा मिश्र सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
बाग्मती प्रदेश सरकारले सन् २०३० सम्म अनिवार्य रुपमा बाग्मती प्रदेशका सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ । बालमैत्री नगरपालिका घोषणा गर्न ५ चरण, १६ खुडकीला र ५१ सुचक पुरा गर्नुपर्दछ । वालमैत्री नगरपालिका घोषणा पश्चात लिजामा नगरपालिकाले पाउने अंक थपिनुका साथै केन्द्र र प्रदेश सरकारबाट पाउने नगद अनुदानमा समेत बृद्धि हुनेछ ।

May be an image of 10 people, dais, temple and text

May be an image of 8 people, dais and text

May be an image of 10 people, dais and text

ghgh

May be an image of 5 people, people studying, dais and text

May be an image of 8 people and table

dff

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array