काठमाडौंको सोह्रखुट्टेमा बीचमा सडक भासिएपछि सवारी आवागमन प्रभावित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं, काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ। बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ केही तल सासा नजिकै सडक बीच भागमा भासिएको हो । सडकमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । बीच सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ । सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।

मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् ।खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनबाट केहीबेरअघि निकालिएको प्रहरीले जनाएको छ। सडक भासिएर जमिनमुनीबाट पानी आइरहेको छ। मेलम्ची खानेपानी आयोजनाको ४२ इन्चको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको बताइएको छ । खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array