राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरूले तत्काल आफ्नो पदबाट राजीनामा नदिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरूले तत्काल आफ्नो पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उहाँहरूले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुग्नुभएका रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्रीसँगको छलफलपछि उहाँलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस गर्छु भन्नुभएको छ । उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै हामीले कमसेकम उहाँले सदनलाई फेस गर्दासम्म साथ दिने गरी राजीनामा स्थगन गरेका हौँ”, प्रमुख सचेतक परियारले भन्नुभयो । आफूहरूले चाँडोभन्दा चाँडो संसद्को फेस गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेको उहाँले बताउनुभयो । रास्वपाबाट वर्तमान सरकारमा पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री तथा सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीे हुनुहुन्छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array