सिटिजन्स बैंकले भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकलाई विशेष छुट दिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भवानी हस्पिटल एत्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बताइएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array