आज लाजिम्पाटमा बृहत रक्तदान तथा आँखा शिविर हुंदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । ” रक्तदान जिबन दान ” भन्ने मूल नारा लिएर बृहत रक्तदान तथा तिलगंगा आँखा शिविर हुने भएको छ। यही मिति २०८१ असार २२ गते आज काठमाण्डौ महानगरपालिका वडा नं २ लाजिम्पाट माछापुछ्रे बैंक केन्द्रिय कार्यालय अगाडि स्मार्टपाटी मिडीया हाउस र नेपाली कांग्रेस वडा कमिटीद्वारा बृहत रक्तदान तथा तिलगंगा आँखा अस्पताल आँखा शिविर कार्यक्रम आयोजन गरेकाे कार्यक्रम सम्योजक तथा इभेण्ट डाइरेक्टर पंकज सिंहले बताए। साथै उक्त अवसरमा उपस्थित भई सेवा लिन र रक्तदान गर्न समेत सम्पूर्णलाई अनुरोध गरेका छन् । साथै आखा अस्पतालबाट नि:शुल्क चेक जाच र औषधि उपलब्ध गराउने कुरा संयोजक सुर्यलाल महर्जनले बताए ।कार्यक्रम बिहान ९ बजे देखि शुरु भएर २ बजे सम्म चल्ने र जम्मा भएको रगत नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंक मा पठाइने सिंहले जानकारी दिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array