वर्षाका कारण पहिरो खस्दा विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ असार २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ,  वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध भएका छन् । सडकमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग र राप्ती राजमार्गमा बिहानैदेखि अवरुद्ध छन् । मनाङको चामे बेसीसहर सडक पूर्ण रुपमा अवरोध, म्याग्दीको बेनी दरवांग सडकखण्ड, बेनी जोमसोम सडक, पर्वर्तको मालढुंगा बेनी सडक पूर्ण रुपमा अवरुद्ध छन् । त्यसैगरी लमजुंगको डुम्रे बेशीशहर, बेशीसहर मनांग सडक पूर्णरुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले वुलेटिङ मार्फत जानकारी गराएको छ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array