सोमबारदेखि नेपालमा वर्षाको मात्रामा केहि कमी आउने : मौसम पूर्वानुमान महाशाखा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ असार २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं ।  सोमबारदेखि नेपालमा वर्षाको मात्रामा केहि कमी आउने मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आइतबार दिउँसो मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै न्यून चापीय रेखा सोमबारदेखि कमी आइ नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जनाएको हो ।मनसुनको न्यूनचापीय रेखा यसअघि नेपालनजिक थियो । त्यसको प्रभावले देशभर भारी वर्षा भएको थियो । उक्त न्यूनचापीय रेखा सोमबारदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यद्यपि सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको जनाइएको छ ।महाशाखाका अनुसार मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।त्यसैले वर्षाको कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।  महाशाखाले मनसुन न्यून चापीय रेखा नेपाल नजिक भएकोले नेपालमा मनसुन सक्रिय हुने जानकारी सहित असार २३ गते आइतबारसम्म सतर्कताको लागि असार २० गते नै मनसुन विशेष मौसम बुलेटिन जारी गरेको थियो ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्